नेप्से परिसूचक १० अंकले घट्यो

१४, माघ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक १० दशमलव ६१ अंकले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ ।

विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ बराबरको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूह शून्य दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ५१, लगानी शून्य दशमलव ७७, जीवन बीमा एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६७, व्यापार एक दशमलव ८३ र अन्य समूह एक दशमलव ६६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।