
१५, माघ काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक लगातार तेस्रो पटक स्थगित भएको छ ।
यही माघ ९ गतेका लागि तय भएको बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता उपस्थित हुन नसक्ने कारण देखाएर स्थगित भएको थियो ।त्यसपछि सोमबार र मंगलबारका लागि तय भएका दुवै बैठक बस्न सकेनन् ।
