शान्ति, सुशासन र विकास रोकिने छैन : गृहमन्त्री लेखक

१६, माघ काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गरी राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

सहिद दिवसका अवसरमा बुधबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा सरकार निरन्तर लागिरहेको बताए ।

‘सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व हो’, मन्त्री लेखकले भने, ‘संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो ।