सहिद परिवारलाई नगदसहित सम्मान

१७, माघ काठमाडौं । इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ ।

सहिद दिवसका दिन बुधबार इच्छाकामना(२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका सहिदका परिवारलाई रु। पाँच हजार नगदसहित सम्मान गरेको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरेका हुन् ।

उनीहरूले सहिदहरूका कारण देशमा परिवर्तन सम्भव भएको बताए । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार रु। पाँच हजार प्रदान गरिएको बताउँदै उनले आगामी दिनमा सहिद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।