सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने : सञ्चारमन्त्री गुरुङ

१७, माघ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिए।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कमजोर रहेकामा वर्तमान सरकारको प्रयासले सुधार भएको बताए ।