सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको छ : श्रेष्ठ

१८, माघ काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको बताएका छन् ।

शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि बोल्नै नपाउने गरि नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको बताएका हुन् ।

प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरंकुशताको झल्को दिएको उनले जिकिर गरे । श्रेष्ठले संविधानको सकारात्मक अन्तर्वस्तुलाई प्रहार गर्ने नियतले संविधान संशोधन गर्न खोजिएको धारणा राखे ।

सत्तारुढ दलका नेताहरूले नै दुई दलीय व्यवस्थाको पक्षमा खुलेर लागेको अवस्थामा देश निरंकुशतामा जान सक्ने संकेत देखिएको उनको भनाई थियो ।