
२० माघ,काठमाडौं।नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् ।भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुशासनको काम द्रुत गतिमा अगाडि बढाउन अध्यादेश ल्याइएको उनको भनाइ छ।
शनिबानर नेकपा (एमाले) रत्ननगर नगर कमिटीको १०औं नगर अधिवेशनको उद्घाटन गर्दै उनलेले सुकुमबासीलाई लालपूर्जा वितरण,विकास निर्माण र भष्टाचार नियन्त्रणको लागि सरकारले अध्यादेश जारी गरेको बताए । साथै उनले वर्षौंदेखि जकडिएको सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।
कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक स्थायित्वका लागि काँग्रेस र एमालेको सहकार्य भएको र मुलुक अफ्ठयारोमा पर्दा काँग्रेस र कम्युनिष्टहरू मिल्ले गरेको समेत स्पष्ट पारे।
