आजको मौसम : कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली,बाँकी भू–भागमा मौसम सफा रहने

२० माघ,काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।जसको प्रभावले कोशी प्रदेश लगायत गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो कोशी प्रदेशमा आंशिक बदली रहने छ भने अन्य प्रदेशको मौसम मुख्यतया सफा रहनेछ ।

उता आज राति पनि कोशी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तर तराई तथा उपत्यकाका केही स्थानहरूमा भने,हुस्सु तथा कुहिरोको सम्भावना रहेको महाशाखाको भनाई छ ।