प्रेस चौतारी दाङले पायो महिला नेतृत्व,सुधासुमन ढकाल अध्यक्षमा चयन

मनिषा गुरुङ

२० माघ,काठमाडौं । प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा महिला नेतृत्व पत्रकार सुधासुमन ढकाल निर्वाचित भएकी छन् ।

शनिबार घोराहीमा सम्पन्न प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङको १०औं अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

उक्त नयाँ कार्यसमितिमा उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ती, सहसचिवमा सन्तोष खनाल, समावेशी सहसचिवमा भ्यूमान पुन मगर र कोषाध्यक्षमा चन्द्रप्रकाश नेपाली चयन भएका छन् ।

यस्तै सदस्यहरूमा महेश बस्नेत,सुशील परियार,चेतन ओली, दीपक ओली,रामप्रसाद सुवेदी,कपिल लामिछाने,अनुप आचार्य,कैलाश घर्तीमगर,अभिषेक डाँगी,हिमाल विश्वकर्मा,अशोक नेपाली,अरुण नेपाली,सुरक्षा चौधरी, निशाकुमारी चौधरी,दीपक चौधरी,प्रेमकुमारी बुढा,हिमाल खड्का,शैलेश अधिकारी,रमा नेपाली र राजकुमार विश्वकर्मालाई चयन गरिएको अध्यक्ष प्रेमबहादुर राम्जाले बताए  ।

प्रेस चौतारी प्रतिभा पुरस्कारबाट पत्रकार द्धय दीपक जीएम र प्रेमकुमारी बुढा सम्मानित भएका छन् ।भने,पत्रकार भुवन देवकोटा अविराम सम्मानबाट सम्मानित भएका छन् ।