
२१, माघ काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।
सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुसी व्यक्त गरे ।
०६४ सालमा संविधान सभाको निर्वाचनबाट काठमाडौँ १ बाट निर्वाचित भए देखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको बताए ।
