सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

२४, माघ काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ र“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।