प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

२५, माघ काठमाडौं । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ ।

फागुन ५ गते सोमवार बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको हो ।सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन् ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम निमन्त्रणा गरिएको छ ।