विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत

२५, माघ काठमाडौं। विद्युतीय व्यापार विधेयक सम्बन्धी विधेयक फुल हाउसमा पुनः आएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विधेयकमाथिको छलफल पश्चात् विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकलाई समिति सभापति अब्दुल प्रतिवेदन सहित प्रस्तुत गरेका हुन् । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको हो ।