सुनको मूल्य फेरि १ लाख ७० हजार भन्दा माथि

२, फागुन काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज प्रतितोला ४ सय बढेर  सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।