बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

२ फागुन,काठमाडौं ।बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक चलिरहेको छ । बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरूको सहभागीता रहेको उल्लेख गरिएको छ ।

सरकार सञ्चालनका,संसद, अत्यावश्यक कानुन निर्माण लगायतका समसामयिक विषयमा बैठकमा छलफल भइरहेको  जनाइएको छ ।