यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

५, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २३ पैसा कायम गरिएको छ । स्वीस फ्र्यांक एकको खरिददर एक सय ५४ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ७८ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।