काठमाडौंमा किशोरीमाथि जबरजस्ती करणी

 ८ फागुन काठमाडौं । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका,३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका,२ घर भएका २५ वर्षीय युवकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती युवकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।