‘दूरसञ्चारको विकासमा सहकार्य जरुरी’

९, फागुन काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको विकासका लागि नियामक र सेवाप्रदायकबिच सहकार्य जरुरी रहेको बताएका छन्। टेकपाना मिडियाले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नियामक र सेवाप्रदायकबिचको द्वन्द्वले यस क्षेत्रको विकास हुन नसक्ने बताए । “सेवाप्रदायक र नियामक निकायबिचको जुन किसिमको झगडा हुन्छ, यो क्षेत्रको समस्याको जड नै त्यही हो,” उनले भने ।

डिजिटल अर्थतन्त्रको विकासका लागि सरकारले लिएको लक्ष्य कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको पनि मन्त्री गुरुङले बताए । डेटा सुरक्षा, दूरसञ्चार ऐन संशोधन, ओटिटी नियमन, साइबर सुरक्षा कानुन र आइटी पूर्वाधार विकासमा सरकारले प्राथमिकता दिने उहाँले जानकारी दिनुभयो ।

सो क्रममा उनले उनले नियामक निकायलाई थप प्रभावकारी बनाउन छुट्टै ऐन आवश्यक रहेको धारणा राख्े । मन्त्री गुरुङले पूर्वाग्रहमुक्त भएर सरोकारवालासँग छलफल गरी समस्याको समाधान खोजिने प्रतिबद्धता पनि व्यक्त गरे । दूरसञ्चार ऐन २०५३ मा बनेको भए तापनि नियमावली ऐनभन्दा विपरीत रहेकाले ऐनलाई समातेर अगाडि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।