अनुशासित र राष्ट्रप्रेमी युवा चाहिएको छ : प्रधानमन्त्री ओली

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्।

आज आइतबार राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताए ।उनले युवाहरुको चौतर्फी विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि जिकिर गरे।साथै उनले नैतिकवान,क्षमतावान,देशभक्त युवाहरु तयार गर्न राष्ट्रिय सेवादल स्थापना भएको पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, ‘नैतिकवान,क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको हो। राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भइ एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।’

‘आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता रहेको हुँदा यस कार्यक्रमको महत्व मैले मनन गरेको छु,सबैलाई मनन गर्न आग्रह गर्दछु।युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव प्रयोग गर्न प्रतिवद्ध रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’ उनले भने ।