सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

२३, फागुन काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेर एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलाको एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।