संघीयता सबलीकरण समितिको बैठक आज बस्दै

२६, फागुन काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।

आज बैठकमा आयोगहरूको संघीय संसद्ले संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरूको धारणा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।