
४, चैत काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्ने भएको छ। प्रतिनिधि सभा बैठक ११ : १५ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठक १: १५ बजे बस्ने सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल र पारित गर्न प्रस्तुत गर्नेछन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ दफावार छलफल गर्दै पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।
