
१०, चैत काठमाडों । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएका छन् ।
नेपाली कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै जनतालाई गुणस्तरीय सेवा दिनका लागि योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताएको हुन् ।
अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतका सहयोग आवश्यक रहेको बताए ।
सरकारसँगै बिमामा सूर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न सङ्घसस्थामा काम गर्नेले दुई प्रतिशत बिमा बोर्डमा जम्मा गर्न सक्ने अवस्था भए अहिले बिमा क्षेत्रमा देखिएको समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने बताए हो ।
