
१२, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । दुई सय रुपैयाँले घटेर आज तोलामा एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल व्यवसायी महासंघले जनाएको छ ।
सोमवार एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
