
१३, चैत काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
आज नेपाली काँग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहस अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा शिक्षाको लहर विसं २००७ सालको क्रान्तिपछि आएकाले अब समया अनुकूल शिक्षा दिन सक्नुपर्ने धारणा राखे । हाल शिक्षाको अधिकार स्थानीय तहमा रहेकाले शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
