संसद्को दोस्रो बैठक पनि अवरुद्ध

१३, चैत काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन् । आजै यसअघि बसेको प्रतिनिधि सभा बैठकमा उनीहरूको विरोधपछि बैठक स्थगित गरिएको थियो ।

लगत्तै आजै बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका हुन् । सभामुख देवराज घिमिरेले विपक्षी दलहरूलाई बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन् ।