यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१४, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा कायम भएको थियो । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो पनि हिजोको भन्दा घटेको हो । बुधबार युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा कायम भएको थियो ।

यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्यांकको विनिमय दर पनि घटेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३७ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ९० पैसा र बिक्रीदर १५५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसामा विनिमय हुनेछ ।