
१४, चैत काठमाडौं । अर्घाखाँचीको भुवनपाटामा हिजो साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। २७ जना घाइते भएका छन् ।
दुर्घटनामा रुपन्देही बुटवल उप-महाननगरपालिका-८ का ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने र पश्चिम बर्दघाट बस्ने ५ वर्षीय गाडी चालक मदन कुमार विकको मृत्यु भएको हो। मृतकमध्ये एकजनाको नाम खुलेको छैन ।
शितगंगा नगरपालिका-२ सितापुरको भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ। अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।
गोरुसिंगे सन्धिखर्क सडक खण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीको लागी फिर्ता हुँदै गरेको बस अचानक अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खसेको प्रहरीको भनाइ छ ।
