क्यान्सरको उपचारमा प्रयोग गरिने ‘किमो’ सित्तैमा दिँदै सरकार

१४, चैत काठमाडौं । सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग गरिने ‘किमो’ निःशुल्क दिने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफलको सहयोगमा क्यान्सरको उपचारमा प्रयोग हुने ‘किमो’का लागि अनुदानमा दिने भएपछि विरामीलाई छिट्टै निःशुल्क वितरण गर्ने तयारी गरिएको हो।

हाल सरकारले क्यान्सरका विरामीलाई विपन्न नागरिक उपचार सेवाअन्तर्गत एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ।विशिष्टीकृत सेवा आवश्यक पर्ने र लामो समयसम्म उपचार गर्नुपर्ने हुँदा क्यान्सरका विरामीलाई निकै आर्थिक भार पर्ने गर्छ।

नेपालमा ४० प्रतिशतभन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा हुने गरेको मन्त्रालयको तथ्यांक छ । तर, क्यान्सर समयमै पहिचान गरि प्रभावकारी उपचार गर्न सके  ठिक हुने चिकित्सकहरुले बताउँदै आएका छन्।