आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

४ जेठ,काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश,बागमती र गण्डकी प्रदेश लगायतका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ।

त्यस्तै कर्णाली प्रदेशको हिमाली भू–भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ । हिमाली, पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

उता राति पनि कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।

यस्तै तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी , बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।