एमाले कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल

१९ चैत, काठमाडौं ।नेकपा (एमाले) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन  बैङ्कक प्रस्थान गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो।

एमालेको विधान २०४९ को संशोधन २०७८० को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।