विश्वकै प्रदूषित सहरमा काठमाडौँ कायम

२३, चैत काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ । शनिबार बिहान ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो ।

हाल काठमाडौँको एक्यूआई २११ रहेको छ । यसलाई निकै अस्वस्थकर मानिन्छ । अहिले हावामा पीएम२:५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७।२ गुणा बढी रहेको छ ।

यस्तो अवस्थामा बाहिर व्यायाम नगर्न, घर र कार्यालयको झ्यालहरु बन्द गर्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र एयर प्युरिफायरको प्रयोग गर्न सुझाव दिइएको छ ।