वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी

२९, चैत काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पति क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।

वनस्पति विभागको ६५ औँ वार्षिकोत्सव तथा २६ औँ वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमै नपाइने वनस्पतिहरू नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक श्रोत, भू बनावटले आफ्नै पहिचान बनाएको बताए । उनले नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्न सके देशको समृद्धिका लागि महत्त्वपूर्ण साबित हुने जिकिर गरे ।

मन्त्री ठकुरीले भने, ‘नेपाल विभिन्न प्रजातिहरू, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक श्रोत, भू बनावट, नेपालको आफ्नै किसिमको पहिचान, भू बनावट, नेपाल अनेक प्रजातिका फूलहरू, वनस्पतिहरू रहेको देश नेपाल हो ।