दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

२९, चैत काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँसँगै पक्राउ परेका उनका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले १२ दिनकै म्याद मागेको छ ।

प्रसाईँलाई प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।