आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबीच छलफल हुने

५, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरूबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरुबीच छलफल हुने भएको हो ।

नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए ।

प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे प्रधानमन्त्रीले भेट्न बोलाएको भन्दै महासंघलाई खवर गरेको थियो । सोही आधारमा आफुहरू जान लागेको महासचिव थापाले बताए ।