भोलि ११ गते काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुदैछ : शंकर पोखरेल

१० वैशाख,काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैशाख ११ गते (भोलि) काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुने बताएका छन् ।

बुधबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले युथ सेलिब्रेसनको उक्त जमघटमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् ।

उनले भने,  ‘ भोलि पार्टीले १ बजे भृकुटीमण्डपमा युवाहरूको ऐतिहासिक जमघट गर्दैछ ।त्यसमा हामीले युथ सेलिब्रेसन गर्दछौं । युवाहरूको सो जमघटबाट मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि युवा पुस्ता तयार र सक्षम छ भन्ने सन्देश हामीले दिनेछौँ ।’  उनले भने। लोकतन्त्रको उत्सवको रुपमा युवाहरु अघि बढ्नु पर्ने उनको भनाई छ ।

नेकपा (एमाले)ले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा बिशेष कार्यक्रम गर्न लागेको जनाएको छ।साथै उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको पनि एमालेले जनाएको छ ।

युथ सेलिब्रेसनका लागि एमालेले एक लाख युवाहरु काठमाडौंमा उतार्ने तयारी गरेको  जनाएको छ ।