भोलिबाट आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघ कोशीको चेतावनी

११, वैशाख काठमाडौं । नेपाल चिकित्सक संघ, कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ज्ञापन पत्र बुझाइएको चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले जानकारी दिए ।

डा.शाहका अनुसार संघका अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा। बालकृष्ण साह, तथा अन्य पदाधिकारीसँगै आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोली मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो ।

चिकित्सक संघको संशनिहाटस्थित कार्यालयबाट र्‍यालीसहित चिकित्सकको टोलीले ज्ञापन पत्र बुझाउनुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो ।

त्यसैगरी चिकित्सक संघ कोशी प्रदेशका प्रतिनिधि र इनरुवा अस्पतालका चिकित्सकसहितको टोलीले सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।