
१४, वैशाख काठमाडौं । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा गएका एक नेपाली तिर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताएका छन् ।
सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक अधिकारीले दिएको जानकारी अनुसार घरपझोङ गाउँपालिका–२ मार्फामा टाउको दुख्ने, शरीरमा असहज महसुस भएपछि तत्कालै अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषित गरेका थिए । मृतक गाहा २३ जनाको टोलीका साथमा गाहा मुस्ताङ आउनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा अघिल्लो बर्ष बि।स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकन नागरिक रहेका छन् ।
