बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री

१६, वैशाख काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै उनले उक्त कुरा बताएका हुन् । शिक्षकहरुलाई विद्यालय फर्काउन वातावरण बन्ने समेत बताए ।

गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।