
१६, वैशाख काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन आज तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबारकै मूल्यमा मंगलबार पनि चाँदी कारोबार भएको हो ।
