भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री

२८, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी विधेयक बजेट अधिवेशनबाट पारित गरिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदा आफूले उठाएका प्रश्नको जवाफ नआएको भन्दै पुनः सोधेका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने बताएका हुन् ।