
३०, वैशाख काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जस अन्तर्गत बिहान ९ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन-२०८१, समितिमा प्राप्त उजुरीबारे छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान हुनेछ ।
