निजामती विधेयकको विरोधमा कर्मचारी आन्दोलित, सामान्य प्रशासन मन्त्रालयमा धर्ना

८, जेठ काठमाडौं । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।

कर्मचारीहरूले वृत्ति विकास, सेवा-सुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै बुधवारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना सुरु गरेका छन् ।

निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको स्पष्ट मार्गचित्र नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा–सुविधामा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोध जनाएका छन् ।