आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द

१९, जेठ काठमाडौं । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएका छन् ।

आफूहरूले राखेका माग सरकारले सुनुवाइ नगरकाले सोमबारदेखि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।‘सोमबारदेखि अत्यावश्यक अवस्थामा बाहेक सार्वजनिक यातायातका सबै साधन बस, टयाम्पो, ट्रक, मिनीबस, जिप, माइक्रो बसलगायतका सबै सवारीसाधन बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।