
१, असार काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (आइतबार) बढेको छ। तोलामा ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदी तोलामा २१ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
