
२, असोज काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । यसका साथै उनले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने बताएका छन् ।
विदेशीमुद्रा ५ हजार सम्म सटही गर्न सक्ने व्यवस्था राम्रो भएको र भारतीय नागरिकलाई ५ हजार भारतीय रकम बोकेर आउनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । ७५३ वटा स्थानीय तहमा कालोपत्रे रोडबाट जाउभन्ने धारणामा अलिकति अपुग भएजस्तो लागेको यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए ।
