
४, असार काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ९५ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६५ रुपैयाँले बढेर दुई हजार २ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
