एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा पार्टी सदस्यता शुल्क र लेबी चुक्ता

११ असार,काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिर्नु भएको छ।

केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर पार्टीप्रतिको आफ्नो आर्थिक दायित्व पुरा गर्नुभएको हो।

उहाँलाई कार्यालय सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाउनुभएको सचिव  अधिकारी उहाँले बताउनुभयो ।