कुन हुन ९ कम्पनी ? जसको सेयर मूल्य हालसम्मकै उच्च

काठमाडौं । सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ ।

वितरित हकप्रद तथा बोनस सेयरपछि समायोजित मूल्य गणनामा यी कम्पनीको मूल्य उच्च भएको हो ।मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् ।

९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् ।हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर,राधि विद्युत्,बुटवल पावर,ङादी ग्रुप तथा सान्भी इनर्जी छन् ।

यीमध्ये सान्भी हालै सूचीकृत भएको कम्पनी हो । बिहीबार बजार बन्द हुँदा कालिका पावरको मूल्य ६४८.२२, राधिको ८७०.५४, बुटवल पावरको १०३३.२८, ङादी ग्रुपको ४४६.०५ तथा सान्भीको ५७७.९० रुपैयाँ छ ।

हाइड्रोपावरबाहेक अन्य समूहका नेपाल पुनर्बीमा र ट्रेड टावर,विकास बैंक समूहको सांग्रिला डेभलपमेन्ट बैंक तथा लगानी समूहको सीईडीबी होल्डिङस्को मूल्य हालसम्मकै उच्च भएको हो ।

ट्रेड टावर हालै सूचीकृत कम्पनी हो ।बिहीबार बजार बन्द हुँदा नेपाल पुनर्बीमाको मूल्य १५९८.९६, ट्रेड टावरको ६४८.२०, सांग्रिला डेभलपमेन्टको ४९३, सीईडीबीको २९३९.२१ रुपैयाँ पुगेको छ ।