
२७ साउन,काठमाडौं ।एनएमबी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ११ प्रतिशत बढ्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नुले नाफामा योगदान पुगेको बैंकको भनाई छ ।
खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब २१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २ करोड रुपैयाँ छ ।त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३ करोड रुपैयाँ रहेकोमा गत आवमा ९५ करोड रुपैयाँ छ ।
नाफामा उल्लेख्य वृद्धि देखिएको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ ।प्रतिसेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ ।
निष्क्रिय कर्जा सामान्य बढेको छ।गत असार मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत रहेको छ।अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको बैंकले जनाएको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा छ ।
